आजको मुख्य समाचार :* प्रदेशका अधिकारमा संविधान विपरीत हस्तक्षेप गरेको भन्दै संघीय सरकारप्रति सातै प्रदेशका मुख्यमन्त्री असन्तुष्ट / प्रशासन, प्रहरी र सम्पत्ति हस्तान्तरण नगरेको गुनासो । * बिमस्टेकमा सैन्य सहभागिता विवादित भइरहँदा राष्ट्रिय सुरक्षा परिषद् भने निष्क्रिय / सुरक्षा नीति बनाउने परिषद् कर्मचारी थन्क्याउने थलो ।* अदालतको फैसला कार्यान्वयन नगर्ने प्रवृत्ति भयावह / निर्देशनालय निष्प्रभावी हुँदा जरिवाना र कैदको बक्यौता थुप्रिँदै ।* भारतमा समलिंगी सम्बन्धले पायो कानुनी मान्यता / समलैंगिक यौन सम्बन्धलाई अपराध मानिने संविधानको धारा सर्वोच्च अदालतद्वारा खारेज ।* साफ च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो जीत / भुटान चार-शून्य गोलले पराजित / सेमिफाइनल पुग्ने नेपालको सम्भावना कायमै । पूरा पढ्नुहोस् »
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गर्नु भएको छ । दिल्ली उत्रिए लगत्तै उहाँले भेटघाट शुरु गर्नु भएको छ । नेकपा अध्यक्ष दाहालले आज साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नु भएको छ । पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो । पूरा पढ्नुहोस् »
बालाजुका ६५ वर्षीय सिद्धि मानान्धरलाई कुनै वेला बालाजु पार्क मनोरन्जन गर्ने थलो थियो । विगत २० वर्षदेखि बालाजु पार्कमा मर्निङवाक गर्दै आएका उनलाई पार्कको अवस्था हेर्दा निकै दिक्क लागेर आउँछ । उचित संरक्षणका अभावमा पार्कको अवस्था लथालिंग भएको उनले बताए । पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ । नेपालले भुटानलाई हराएको यो लगातार तेह्रौंपटक हो । पूरा पढ्नुहोस् »
राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ । पूरा पढ्नुहोस् »
नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । पूरा पढ्नुहोस् »
स्थानीय तह र प्रदेश सरकारले जनताको विकासको बजेटबाट महंगो सवारीसाधन खरिद गरेको चर्को आलोचना भइरहेको बेला जिल्ला समन्वय समिति मोरङले ७५ लाखको गाडी खरिद गर्ने निर्णय गरेको छ । समितको बुधबार सम्पन्न दोस्रो जिल्ला सभाले ७५ लाखको गाडी खरिद गर्ने निर्णय गरेको हो । पूरा पढ्नुहोस् »
परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा आलटाल गरेको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् । पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ । पूरा पढ्नुहोस् »
मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । पूरा पढ्नुहोस् »
शृंखलाबद्ध रुपमा गुण्डागर्दी र चन्दा असुलीमा सक्रिय ‘बाघे’ भनेर चिनिने गुण्डा सुकबहादुर तामाङ पक्राउ परका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो । पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बिहीबार ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाले भुटानलाई ४-० ले हराएको हो । नेपालले खेलको २१, ७०, ७९ र ८८ औं मिनेटमा गोल गर्दै नेपाल ४ - ० ले अग्रता लिएको थियो । पूरा पढ्नुहोस् »
प्रदेश २ को राजधानी जनकपुरधाम तथा भारत बिहार प्रदेशको राजधानी पटना सम्म चल्ने बुहप्रतिक्षित बससेवा भदौ ३१ गतेदेखि विधिवत सुरु हुने भएको छ । यात्रीहरुका लागि अग्रिम टिकट बुकिङ समेत सुरु भई सकेको छ । जनकपुर अञ्चल बस व्यावसायी संघका अध्यक्ष मनोजकुमार चौधरीका अनुसार– दुई देशीय बस सेवा व्यवस्थापनका लागि बस स्टेण्डमा सुविबा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ । पूरा पढ्नुहोस् »
प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिला नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रेमीको खोजी गरिरहेको छ । सोमबार डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बाँधेको अवस्थामा बेवारिसे अवस्थामा भेटिएको शवको अनुशन्धान गर्ने क्रममा प्रहरीले श्रीमतीले नै प्रेमीसँग मिलेर हत्या गरेको निष्कर्ष निकालेमा पुगेको हो । पूरा पढ्नुहोस् »
पूर्व राजपरिवारका सदस्य बिहीबार एकै मञ्चमा देखिए । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भए । पूरा पढ्नुहोस् »
राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटी भेटाएको छ । घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्यानुको साटो सुरुवाती अवस्थामा नै प्रहरीको अनुसन्धान कार्य प्रक्रिया संगत नभएको आयोगको प्रारम्भिक निष्कर्ष छ । पूरा पढ्नुहोस् »
हाम्रो देशमा भएको मूल्यवृद्धिको समाचार नेपाली सञ्चारमाध्यममा मात्र सीमित छ । यद्यपि भेनेजुएलामा भएको मूल्यवृद्धिको समाचार भने विश्वव्यापी भएको छ । अन्तर्राष्ट्रिय तेल बजारमा तेलको मूल्य घटेपछि भेनेजुएलामा मूल्यवृद्धि हुन थालेको हो । पूरा पढ्नुहोस् »
बंगलादेशमा जारी साफ सुजुकी कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयानुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ । सेमिफाईनल प्रवेशको सम्भावना कायमै राख्न नेपाल र भुटान दुबैलाई आज जित्नैपर्ने दबाब छ । पूरा पढ्नुहोस् »
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको आजको बैठकले निजी आवासको पुनर्निर्माणको निरीक्षण र सिफारिसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो । पूरा पढ्नुहोस् »
दुई साताअघिसम्म खेल पदाधिकारी भन्थे- पूर्वाधारकै कारण साग रोकिंदैन । तर, अहिले उनीहरुको बोली फेरिएको छ- समयमै साग आयोजनाका लागि धेरै कुरा बाधक छन् । सागका लागि भनेर भौतिक पूर्वाधारको निर्माण तथा पुनर्निर्माण जारी छ । पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे । पूरा पढ्नुहोस् »
मकवानपुर जिल्लाका विभिन्न भागमा बिहीवार पानी र हावाहुरीसंग परेका चट्याङले एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । हेटौंडा उपमहानगपालिका १३ पदमपोखरीमा हावाहुरीसंगै चट्याङ पर्दा ११ वर्षीय वालक रोजन लामाको मृत्यु भएको छ । पूरा पढ्नुहोस् »
सरकारले उपलब्ध गराएको अनुदानको मल कालोबजारी गरेको आरोपमा प्रहरीले साझा सहकारी संस्था लिमिटेड बढैयातालका सदस्य लक्षीराम रैदासलाई पक्राउ गरेको छ । संस्थाका अध्यक्ष हिमालय त्रिपाठीलाई पक्राउ गर्न निर्देशन दिएपनि सम्पर्कमा नभएको प्रहरीले जनाएको छ । पूरा पढ्नुहोस् »
७ वर्षअघि काठमाडौंबाट अमेरिकाको न्यूयोर्क आउँदा मोडल वर्षा थापाले घरबाट आफूसँगै महत्वपूर्ण वस्तु ल्याइएकी थिइन् । पूरा पढ्नुहोस् »
क्यान्सर पीडित साथीलाई बचाउन के सम्म गर्न सकिन्छ ? त्यो पनि ब्रेन क्यान्सरको ‘स्टेज ३’ मा पुगेर पनि बाँच्ने संघर्ष गरिरहेको साथीलाई ? अष्ट्रेलियाको सिड्नीका एक अष्ट्रेलियाली नागरिकले भने बाँच्नका लागि संघर्षरत आफ्ना नेपाली साथीलाई उपचारमा सहयोग जुटाउनका लागि २ सय ५० किलोमिटर जंगलको पदयात्रा गर्दैछन । त्यो पनि लगातार १० दिनसम्म । पूरा पढ्नुहोस् »
सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा आज सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा भेला भएको हो । भेलाको मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै उद्घाटन गरे । भेलामा सातै प्रदेशको अहिलेको अवस्था, आईपरेका समस्या, ठूला आयोजनाहरु, केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल हुनेछ । पूरा पढ्नुहोस् »





















































Login to create reading list
Sign in with Facebook
Sign in with Google +