0
downtown housing co. pvt. ltd.
ईट्टा उद्योगमा बम विष्फोट

हरिहरसिंह राठौर जेष्ठ ९, २०७५ ०८:१४

धादिङको धुनिबेशी नगरपालिका-३ को जिवनपुर ईट्टा उद्योगमा बम विष्फोट भएको छ । अपरिचित समुहले मध्यरात बम विष्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जिवन निरौलाले बताउनुभयो । पूरा पढ्नुहोस् »

जनप्रतीनिधिले गर्ने कामको मुल्याङकन जनताले गर्न पाउनुपर्छ : राजदुत टेप्लिज

जेष्ठ ९, २०७५ ०७:५२

नेपालका लागि अमेरिकी राजदुत अलाईना बी टेप्लिजले सरकारी सुचनामा जनताको सहज पहुँच पुग्नुपर्ने बताउनुभएको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले गर्ने निर्णय र कामहरु जनताप्रति उत्तरदायी हुनुपर्ने टेप्लिजको भनाई छ । पूरा पढ्नुहोस् »

रोमेरोले विश्वकप गुमाउने

जेष्ठ ९, २०७५ ०८:४६

घुँडाको चोटका कारण अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरोले रसिया विश्वकप गुमाउने भएका छन् । म्यानचेष्टर युनाईटेडका गोलरक्षक समेत रहेका ३१ बर्षिय रोमेरोले प्रिमियर लिगका दौरान चोट बोकेका हुन् । पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

राजु चौधरी जेष्ठ ८, २०७५ २२:०१

साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो ।  पूरा पढ्नुहोस् »

नेपाललाई ओपीजीको सदस्य बन्न निमन्त्रणा

चन्द्रशेखर अधिकारी जेष्ठ ८, २०७५ २१:४७

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले जनप्रतिनिधि र सरकारी अधिकारीहरूले लिने कुनै पनि निर्णय जनउत्तरदायी हुन आवश्यक रहेको बताएकी छन् । त्यसैका आधारमा जनताको विश्वासलाई उपयोग कि दुरुपयोग स्पष्ट हुने उनले बताइन् । पूरा पढ्नुहोस् »

युवा संघले ‘दुई दिन खेतमा’ अभियान चलाउने

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ २१:४३

युवा संघ नेपालले कृषि उपजलाई वृद्धि गराउने उद्देश्यले देशव्यापी रुपमा दुई दिने अभियान चलाउने भएको छ ।ललितपुरमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले आउँदो असार ८ र ९ गते ‘दुई दिन खेतमा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पूरा पढ्नुहोस् »

६१३ पत्रकारको दुर्घटना बिमा

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ २०:२५

नेपाल पत्रकार महासंघले सरकारसँगको सहकार्यमा ६ सय १३ जना सञ्चारकर्मीको दुर्घटना बिमा गराएको छ । उक्त संख्या चालु आवको पहिलो चरणमा गरिएको बिमित पत्रकारको हो । पूरा पढ्नुहोस् »

भलिबल एकेडेमी स्थापना

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ २०:२२

भक्तपुरको जनप्रेमी स्कुलले ग्रासरुट भलिबल एकेडेमी स्थापना गरेको छ । राष्ट्रिय भलिबल दिवसको अवसर पारेर मंगलबार बिहान उक्त एकेडेमीको उद्घाटन गरिएको हो । पूरा पढ्नुहोस् »

कार्निभलमा नेपालको सहभागिता

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ १९:४३

जर्मनको राजधानी बर्लिनमा भएको २२ औं कार्निभलमा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट यो छैटौ सहभागिता हो । उक्त सडक महोत्सवमा विश्वका करिब ४० देशबाट फरक फरक समूहमा आफ्नो झाँकी, नृत्यसहित आ-आफ्नो कला संस्कृति प्रस्तुत गरेका थिए । पूरा पढ्नुहोस् »

रानीमहल स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

माधव अर्याल जेष्ठ ८, २०७५ १९:२४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाल्पाको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । स्थानीय तहलाई हस्तान्तरण गरेपछि अपनत्व र स्वामित्व पनि लिएर यसको विकास गरेर पर्यटक भित्र्याउने योजना बनाएको हो । पूरा पढ्नुहोस् »

गाँजासहित हतियार बरामद

रवीन्द्र उप्रेती जेष्ठ ८, २०७५ १९:२१

प्रहरीले ठूलो परिमाणमा तयारी गाँजासहित पेस्तोल र गोली बरामद गरेको छ । महोत्तरी प्रहरीले एकडारा गाउँपालिका–३ अजमरपट्टिमा छापा मारेर १ सय ८६ किलो गाँजा नियन्त्रणमा लिएको हो । पूरा पढ्नुहोस् »

मणिपाल अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा ठप्प

लालप्रसाद शर्मा जेष्ठ ८, २०७५ १९:१६

व्यवस्थापनले ५ कर्मचारीलाई बिनाआधार जागिरबाट निकालेको भन्दै नन टिचिङ स्टाफ आन्दोलित बनेपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा अवरुद्ध भएको छ । साविकका एमाले र माओवादी केन्द्र तथा नेपाली कांग्रेस निकट कर्मचारी युनियनले पत्रकार सम्मेलन मार्फत अवकाश दिइएकाको पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । पूरा पढ्नुहोस् »

विराटनगरस्थित सम्पर्क कार्यालयको औचित्य सकियो : भारतीय विदेश मन्त्रालय

सुरेशराज न्यौपाने जेष्ठ ८, २०७५ १९:०६

भारतीय विदेश मन्त्रालयले सन् २००८ को कोशी बाढीपछि खोलिएको विराटनगरस्थित साइट अफिसको औचित्य सकिएको उल्लेख गर्दै बन्द गर्ने निर्णय गरेको जनाएको छ । पूरा पढ्नुहोस् »

सभामुख र अध्यक्षलाई अपमानजनक पदावली प्रयोग गरेको भन्दै संशोधन

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ १८:५६

सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रममा तीन पार्टीले ६ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसका १७ जना सांसदले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले सम्वोधनमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै प्रतिनिधि सभामा संशोधन गर्दा गराएका हुन् । पूरा पढ्नुहोस् »

गुरुकुलमा अन्तर विद्यालय नाटक उत्सव

देवनारायण साह जेष्ठ ८, २०७५ १८:५५

आरोहण गुरुकुल विराटनगरमा जिल्लास्तरीय अन्तर विद्यालय नाटक उत्सव प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरीय अन्तर विद्यालय नाटक उत्सव प्रतियोगिता सुरु भएको हो । सुमेरु कला सरोवर ललितपुरको आयोजनामा आउँदो आइतबारसम्म चल्ने नाटक उत्सवमा जिल्लाका ९० वटा विद्यालयका बालबालिकाको सहभागी हुने भएको छ । पूरा पढ्नुहोस् »

मजदुर आन्दोलनका कारण पोखरा नुडल्स ठप्प

लालप्रसाद शर्मा जेष्ठ ८, २०७५ १८:३१

मजदुरको आन्दोलनका कारण पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालि हिजोदेखि पूर्ण रुपमा ठप्प छ । एक मजदुरको सरुवालाई लिएर अन्य केही मजदुरहरु आन्दोलित भएपछि चाउचाउ उत्पादन ठप्प भएको हो । उद्योगको लिक्विड शाखामा कार्यरत मजदुरले राजीनमा दिएपछि प्याकिङ शाखामा काम गर्दै आएका संजीव अधिकारीलाई खटाइएको थियो । पूरा पढ्नुहोस् »

सूचक सम्बोधन नगरेप्रति कांग्रेसको ध्यानाकर्षण

रासस जेष्ठ ८, २०७५ १८:३१

नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूरा पढ्नुहोस् »

प्रियंकालाई चाहियो यस्तो पति

एजेन्सी जेष्ठ ८, २०७५ १८:३०

हालै एक प्रसंगमा प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा भने खुलाएकी छिन् । प्रियंका भन्छिन्, ‘त्यो पुरुष मलाई देखेर पागल होस्, अत्यन्तै माया गर्ने खालको होस् अनि मनको कुरा खुलेर भनोस् ।’ पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रमले समृद्धिको ढोका खोल्यो: सरकार

कान्तिपुर संवाददाता जेष्ठ ८, २०७५ १७:५२

ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले ऊर्जा क्रान्तिको ढोका खुलेको उनले बताए ।  पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने स्वदेश फर्किए

जेष्ठ ८, २०७५ १७:३१

इन्डियन प्रिमियर लिगमा ९आईपीएल० खेल्ने पहिलो नेपाली बनेका सन्दीप लामिछाने म‌ंगलबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालगायतले स्वागत गरेका थिए । आईपीएलको डेब्यू खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पूरा पढ्नुहोस् »

आँपको चर्चा

साप्ताहिक संवाददाता जेष्ठ ८, २०७५ १७:३०

साउनको अन्त्यसम्म नै सहरभरि आँप उपलब्ध हुन्छ । आँपको सिजन प्रारम्भ हुनै लाग्दा चलचित्र क्षेत्रमा पनि यसको चर्चा चुलिन थालेको छ, यद्यपि यो आँप खान भने मिल्दैन । चलचित्र क्षेत्रको उक्त आँप एउटा जोडीको छोटो नाम हो । आँप अर्थात् आँचल शर्मा र पल शाह ।पूरा पढ्नुहोस् »

शेयर बजार : चार अंकले घट्यो

रासस जेष्ठ ८, २०७५ १७:१३

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार मंगलबार पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ ।  पूरा पढ्नुहोस् »

सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्छौं : गृहमन्त्री थापा

प्रकाश अधिकारी जेष्ठ ८, २०७५ १७:०८

गृहमन्त्री रामबहादुर थापाले यातायात मात्र नभई सबै क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्य गर्ने अडान दोहोर्‍याउनु भएको छ । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीको उद्घाटन गर्न सुर्खेत पुगेका गृहमन्त्री थापाले आज पत्रकारहरुसंग कुरा गर्दै सिन्डिकेट तोड्ने अभियान नरोकिने बताउनुभयो । पूरा पढ्नुहोस् »

खानेपानीको जारमा किरा, उत्पादक कम्पनीविरुद्ध उजुरी

प्रदीप मेन्याङ्बो जेष्ठ ८, २०७५ १७:०७

इटहरी उपमहनगरपालिकाको तरहरास्थित शिव जल उद्योग प्रालीले उत्पादन गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । जारमा किरा फेला परेपछि उद्योगविरुद्ध मंगलबार कारबाहीका लागि उजुरी परेको छ । पूरा पढ्नुहोस् »

ध्याननै तिमीमा

साप्ताहिक संवाददाता जेष्ठ ८, २०७५ १६:३०

चलचित्र ‘अमेरिका बोइज’को नयाँ गीत सार्वजनिक भएको छ । जयन जे बाइवाको सङ्गीतमा जयन जे बाइवा, रोशन थापा र सुरज सिंह ठकुरीको स्वर रहेको चलचित्रको ओएसटी गीत सार्वजनिक भएको हो । पूरा पढ्नुहोस् »

अवैध रुपमा नदी दोहन बढ्दै 

प्रतिक्षा काफ्ले जेष्ठ ८, २०७५ १६:१४

अवैध रुपमा नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढ्दो छ । प्रहरीले अवैध रुपमा नदी दोहन गर्ने सवारीसहित व्यक्ति पक्राउ गरी जिल्ला समन्वय समितिमा बुझाउँछ । समितिमा जरिवाना तिर्नुपर्ने भएपनि चोरी निकासी गर्नेहरु निरुत्साहित नभई उत्साहित रुपमा देखिने गरेको प्रहरीको भनाई छ । पूरा पढ्नुहोस् »

आवरण» विशाल कम्युनिस्ट पार्टीको अन्तर्कथा

जनक नेपाल जेष्ठ ८, २०७५ १६:०२

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको काम गर्ने शैली भिन्न छ । खासगरी ओलीको निर्णय गरेर मात्र सल्लाह लिने बानी छ । प्रचण्डसँग उनले कसरी समन्वय गर्लान् ? पूरा पढ्नुहोस् »

7