नेदरल्यान्डबाट प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण भ्वाइस अफ नेपाल तयार पारिएको हो । लक्ष्मण पौडेलद्वारा निर्देशित तथा सुशील नेपालद्वारा सञ्चालित ‘द भ्वाइस अफ नेपाल’ मा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल तथा गायिका अभाया सुब्बा निर्णायक छन् । पूरा पढ्नुहोस् »
ग्राइन्डिङ मेसिनमा धनियाँको टुक्रा एक कचौरा र पुदिनाको टुक्रा आधा कचौरा, खुर्सानी र हल्का पानी हालेर ब्लेन्ड गर्ने । पेस्ट नहुने गरी तयार गरिएको उक्त घोलमा एक कचौरा दही, बिरे नुन, सादा नुन, भुटेको जिरा आधा चम्चा, आधा गिलास पानी तथा मरिचको धूलो हालेर ग्राइन्डिङ गर्ने । पूरा पढ्नुहोस् »
तीज पर्व नजिकिदै गर्दा तीजका गीत निस्कने क्रम भने निक्कै पालतो भैसकेको छ । यतिबेला तीजलाई लक्षित गरि सार्वजनिक गरेका गीतहरुले बजारमा आफ्नै खालको स्थान बनाइरहेका छन् । कतिपय गीत चर्चाको शिखरमा छन् भने कतिपय गीत आए गए स्रोताले थाहासम्म पाउन सकेका छैनन् । पूरा पढ्नुहोस् »
विवाहपछि मात्र यौनसम्बन्ध राख्न स्विकृति दिने कतिपय धार्मिक परम्परामा यदि जान अन्जानमा नियम तोडेको छ भने कडा खालको सजाय भोग्नु पर्ने हुन्छ । त्यस क्रममा पारपाचुके दिने वा मारिनेसम्मका घटना पनि हुनसक्छ । कतिपय देशमा आधिकारिक रूपमै कुमारित्वको प्रमाणपत्र जारी गर्ने नियम छ । पूरा पढ्नुहोस् »
हालै थाइल्याण्डको बैंककमा सम्पन्न पुरुषहरु सम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०१८’ मा नेपालका तर्फबाट सहभागिता जनाएका सुशान्त काजी श्रेष्ठले स्पेशल अवार्डतर्फ मिष्टर इन्टरनेसनल पपुलारिटीको अवार्ड जित्न सफल भएका छन् । पूरा पढ्नुहोस् »
यो चलचित्रको १ सो एउटा चलचित्र हलमा लगातार ३५ दिनसम्म चलेको थियो । यो चलचित्रलाई एरिका म्याग्लुसन तथा डेनियल एन्ड्रियुसनले निर्देशन गरेका थिए । उता सिनेम्याटिक क्याटोगोरीमा बनेको सबैभन्दा लामो चलचित्र रेसन : द जर्नी हो । पूरा पढ्नुहोस् »
अहिले बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ । बलात्कारपछि हुने हत्याका घटना बढ्नुमा पुरुषप्रधान समाज, सामाजिक मूल्य–मान्यता, कानुन साथै न्याय सम्पादनमा समेत समस्या भएको बताइन्छ । आधुनिक समाज, बालबालिकामा बढ्दो पोर्नोग्राफीको लतका साथै वयस्कहरूमा आपराधिक मानसिकता बढ्दै जानु घटनाको शृखंला बढ्नुको मुख्य कारण हो– विज्ञहरूको दाबी छ । पूरा पढ्नुहोस् »
बायोपिक वेब सिरिजलाई रोनी स्कुवाले निर्माण गर्न लागेका हुन, जसमा विद्या बालनले इन्दिरा गान्धीको भूमिका निर्वाह गर्ने बताइएको छ । अभिनयबाट चौतर्फी प्रशंसा कमाएकी विद्या वालनलाई इन्दिरा गान्धीको चरित्र निर्वाह गर्न सक्ने विश्वासका साथ यो प्रोजेक्टमा लिइएको बताइन्छ । पूरा पढ्नुहोस् »
गायिका मेलिना राईले यो वर्षको नेशनल क्यापिटल म्यूजिक अवार्ड उचाल्न सफल भएकी छिन् । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्य कार्यक्रममा यो वर्षको ‘नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट एवार्ड’द्धारा बरिष्ठ संगीतकार दीपक जंगमलाई सम्मान गरिएको थियो । पूरा पढ्नुहोस् »
इतिहासले धेरै युग बिताइसक्यो । मानदेव, शिवदेव, अंशुबर्मा, जयस्थिति मल्ल, जयप्रकाश मल्ल, रणजित मल्ल बिस्तारै विस्थापित हुन, विस्मृत हुन, हराउन थालेका छन् । इतिहासका पुराना पात्रहरूको सट्टा वर्तमान स्वयं नै एउटा उपन्यास र इतिहास बनेर अघि सर्दैछ । भीम मल्लको रगतको छिटा दन्त्यकथा मात्र हो । पूरा पढ्नुहोस् »
ओप्पोले यही साता आफ्नो नयाँ मोडल ओप्पो एफ–९ सार्वजनिक गर्ने भएको छ । ओप्पो एफ–९ ब्रान्डको एफसिरिजअन्तर्गतको नयाँ स्मार्टफोन हो । यसमा भीओओसी फ्ल्यास चार्ज, ग्राडियन्ट कलर्स तथा पृथक् वाटरड्रप स्क्रिन रहेको छ । पूरा पढ्नुहोस् »
म्यूजिक भिडियो निर्देशक तथा लेखक संगीता श्रेष्ठ यहि चलचित्र मार्फत निर्देशनमा डेब्यू गर्दैछिन् । श्रेष्ठको निर्देशन तथा लेखन रहेको चलचित्रमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । पूरा पढ्नुहोस् »
चुरोटको धूवाँ उडाइरहेकी एउटी किशोरी नङ टोक्दै हामीलाई हेर्दै थिई, त्यही बेला छेवैमा घुँडामा मुन्टो पुर्याएर बसेकी अधबैसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधेपछि थाहा भयो त्यहाँ नेपाली महिलाहरू कोठी मालिक्नीको दर्जासम्म पनि पुगिसकेका रहेछन् । पूरा पढ्नुहोस् »
अहिलेको युवा पुस्ताको रोजाइको पहिरन हो– नीलो जिन्स । संसारभर लोकप्रिय यही नीलो जिन्समाथि उत्तर कोरियामा भने प्रतिबन्ध छ । त्यहाँ कुनै व्यक्तिले नीलो जिन्स लगाए कठोर श्रम गर्नुपर्ने श्रम शिविरको सजाय भोग्नु पर्ने हुनसक्छ । पूरा पढ्नुहोस् »
युट्युबमा गाईजात्रे र अन्य गायनबाट चर्चा पाएकी बविता बानियाँ जेरीको हास्यव्यंग्य निकै रमाइलो रह्यो । राजा राजेन्द्र पोखरेलले समसामयिक विषयमा व्यग्यं प्रहार गर्दा पेट नमिच्ने कोही भएनन् । जेरी र राजा राजेन्द्रको व्यंग्यवाणले दर्शकमा हाँसोको फोहोरा छुट्यो । पूरा पढ्नुहोस् »
नेपाल उपाधिको दावेदार हो । हाम्रो एक मात्र लक्ष्य उपाधि जित्नु नै हो । हामी उपाधि जित्ने उद्देश्यले नै मैदानमा उत्रने छौं । पछिल्ला दुई/तीन वर्षको नेपालको प्रदर्शनलाई आधार मान्ने हो भने हामीलाई उपाधिको दावेदार मान्नै पर्छ । हामीलाई कुनै पनि प्रतिद्वन्द्वीले सजिलो मान्न सक्ने स्थिति छैन । पूरा पढ्नुहोस् »
गायिका मनीषा पोखरेल सुगम संगीत तथा चलचित्रको पाश्र्व गायनका लागि परिचित नाम हो । दर्जनौं लोकप्रिय गीतकी यी गायिका यतिबेला आफ्नो भाग्य परीक्षण गर्ने क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । जीटिभीबाट प्रसारण हुने गायनमा आधारित रियालिटी ‘शो सा रे ग म प’ को पहिलो चरणको अडिसनमा उत्तीर्ण भएपछि उनी त्यसपछिको अडिसनका लागि दिल्ली पुगेकी हुन् । पूरा पढ्नुहोस् »
तीजको लहर चलिरहेका बेला यो साता सांगीतिक क्षेत्रमा एउटा बिल्कुलै फरक धारको गीतको भिडियो सार्वजनिक भयो । बाल गायक आयुष केसीको स्वरको उक्त भिडियो लोभलाग्दो छ । पूरा पढ्नुहोस् »
गाईजात्राको अवसर पारेर गत सोमबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव २०७५ आयोजना भैरहेको छ । सोमबारसम्म सञ्चालन हुने उक्त महोत्सव गुन्जिता टेलिसञ्चारले आयोजना गरेको हो । प्यारोडी, प्रहसन, व्यग्य कविता तथा नृत्यसहितको उक्त महोत्सवमा झण्डै २ दर्जन कलाकारहरू सहभागी छन् । पूरा पढ्नुहोस् »
गायक नटटु शाहको प्रशंसक हुनुहुन्छ र उनको लाइभ म्युजिक सुन्न चाहनुहुन्छ भने भोलि शनिबार बेलुका ठमेलमा रहेको टर्टल लन्ज एन्ड क्लबले तपाईंको इच्छा पूरा गरी दिँदैछ । पूरा पढ्नुहोस् »
अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । पूरा पढ्नुहोस् »
अनामनगरस्थित मण्डला थिएटरमा आज शुक्रबारदेखि नाटक ‘खबर हराएको चिठी’ मञ्चन हुने भएको छ । यो नाटकमा द्वन्द्वमा बेपत्ता पारिएका नागरिकका परिवारको समस्या चित्रण गरिनेछ । पूरा पढ्नुहोस् »
आमा र छोराबीचको सम्बन्धमा केन्द्रित चलचित्र मेरी मामु एउटा कलिलो उमेरको बालकको मनोविज्ञानमा आधारित भएको निर्देशक याम थापाले बताएका छन् । बच्चा र आमाबीचको दूरीका कारण उनीहरूमा देखिने समस्या इलेक्ट्रा कम्प्लेक्सलाई यो चलचित्रले उठान गरेको छ । पूरा पढ्नुहोस् »
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आर्थिक उपलब्धि हात पर्ने योग छ । तपार्इंको आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्याउला । कार्यव्यस्तताका कारण घर–परिवारमा किचलो उत्पन्न हुन सक्छ जसलाई निराकरण गर्न परिवारमा समय खर्चनुपर्ला ।सवारी साधन चलाउँदा होस पुर्याउनुपर्नेछ । पूरा पढ्नुहोस् »
उत्कृष्ट हास्य चलचित्र निर्माण गर्ने श्रेय पाएका दीपकराज गिरीका अनुसार हास्य चलचित्रको नाममा दर्शकहरूलाई सधैं भात र आलु मात्र दिने हो भने भविष्यमा नेपाली चलचित्र उद्योग नै डुब्ने खतरा छ । गिरीका अनुसार उनीहरूको सिको गर्दै यतिबेला हास्य प्रधान चलचित्र बनाउने होडवाजी नै चलेको छ, यद्यपि प्रसस्त गृहकार्यको अभावमा त्यस्ता चलचित्रले आफूमात्र डुब्ने होइन, अरूलाई समेत डुबाउने खतरा बढ्दो छ । पूरा पढ्नुहोस् »
धेरैजसोले गहुँगोरो अनुहारलाई प्राथमिकतामा राख्छन् तर मलाई भने ब्ल्याक ब्युटीहरू असाध्यै मन पर्छन् । कलाकारितामा नलागेको मेरो परिवारका सदस्य तथा अन्य आफन्तहरूले कलाक्षेत्रमा लागेकै केटी बिहे गर्छस् होला भन्नुहुन्छ, तर मेरी हुनेवाली जीवनसाथी कलाकारिताभन्दा अलि फरक पेसामा आबद्ध भएकी हुन् भन्ने चाहन्छु । पूरा पढ्नुहोस् »


























































Login to create reading list
Sign in with Facebook
Sign in with Google +