ekantipur logo
0
downtown housing co. pvt. ltd.

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ २३:०२

आजको मुख्य समाचार :* प्रदेशका अधिकारमा संविधान विपरीत हस्तक्षेप गरेको भन्दै संघीय सरकारप्रति सातै प्रदेशका मुख्यमन्त्री असन्तुष्ट / प्रशासन, प्रहरी र सम्पत्ति हस्तान्तरण नगरेको गुनासो । * बिमस्टेकमा सैन्य सहभागिता विवादित भइरहँदा राष्ट्रिय सुरक्षा परिषद् भने निष्क्रिय / सुरक्षा नीति बनाउने परिषद् कर्मचारी थन्क्याउने थलो ।* अदालतको फैसला कार्यान्वयन नगर्ने प्रवृत्ति भयावह / निर्देशनालय निष्प्रभावी हुँदा जरिवाना र कैदको बक्यौता थुप्रिँदै ।* भारतमा समलिंगी सम्बन्धले पायो कानुनी मान्यता / समलैंगिक यौन सम्बन्धलाई अपराध मानिने संविधानको धारा सर्वोच्च अदालतद्वारा खारेज ।* साफ च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो जीत / भुटान चार-शून्य गोलले पराजित / सेमिफाइनल पुग्ने नेपालको सम्भावना कायमै । पूरा पढ्नुहोस् »

तीन दिने भ्रमणका लागि दाहाल भारत प्रस्थान

सुरेशराज न्यौपाने भाद्र २१, २०७५ १९:५६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गर्नु भएको छ । दिल्ली उत्रिए लगत्तै उहाँले भेटघाट शुरु गर्नु भएको छ । नेकपा अध्यक्ष दाहालले आज साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नु भएको छ । पूरा पढ्नुहोस् »

नेपालद्वारा भुटान ४ - ० गोल अन्तरले पराजित

रेडियो कान्तिपुर भाद्र २१, २०७५ १९:४५

बंगलादेशमा जारी साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा किरण चेम्जोङको कप्तानीमा मैदान उत्रेको नेपाली टोलीले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पूरा पढ्नुहोस् »

व्यवसायीले विदेशी लगानीकर्ता भड्काए : उद्योगमन्त्री

केशु लामिछाने भाद्र २१, २०७५ १९:०३

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वैदेशिक लगानीमा देखिएका समस्या समाधानको लागि समिति नै बनाएर काम थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आज गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले लगानीको उचित वातावरण निर्माण गर्न र लगानीकर्तालाई सहज बनाउन समिति नै बनाएर काम अघि बढाएको बताउनुभयो । पूरा पढ्नुहोस् »

वैदेशिक लगानीका लागि कानूनमा सुधार गर्न विज्ञको सुझाव

केशु लामिछाने भाद्र २१, २०७५ १८:५७

मुलुकमा प्रर्याप्त वैदेशिक लगानी भित्राउन कानूनमा समय सापेक्ष सुधारको आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आज गरेको कार्यक्रममा वैदेशिक लगानी बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै समय सापेक्ष ऐन कानून निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । पूरा पढ्नुहोस् »

नेपालद्वारा भुटान ४ - ० गोल अन्तरले पराजित

भाद्र २१, २०७५ १७:४४

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बिहीबार ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाले भुटानलाई ४-० ले हराएको हो । नेपालले खेलको २१, ७०, ७९ र ८८ औं मिनेटमा गोल गर्दै नेपाल ४ - ० ले अग्रता लिएको थियो । पूरा पढ्नुहोस् »

साफ सुजुकी कपमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

लक्ष्मी जिसी भाद्र २१, २०७५ १५:१५

बंगलादेशमा जारी साफ सुजुकी कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयानुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ । सेमिफाईनल प्रवेशको सम्भावना कायमै राख्न नेपाल र भुटान दुबैलाई आज जित्नैपर्ने दबाब छ । पूरा पढ्नुहोस् »

निजी आवास पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई

रेडियो कान्तिपुर भाद्र २१, २०७५ १५:१०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको आजको बैठकले निजी आवासको पुनर्निर्माणको निरीक्षण र सिफारिसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ १५:०४

दुई साताअघिसम्म खेल पदाधिकारी भन्थे- पूर्वाधारकै कारण साग रोकिंदैन । तर, अहिले उनीहरुको बोली फेरिएको छ- समयमै साग आयोजनाका लागि धेरै कुरा बाधक छन् । सागका लागि भनेर भौतिक पूर्वाधारको निर्माण तथा पुनर्निर्माण जारी छ । पूरा पढ्नुहोस् »

चट्याङ लागेर एक बालकको मृत्यु, २ घाइते

प्रताप विष्ट भाद्र २१, २०७५ १४:४१

मकवानपुर जिल्लाका विभिन्न भागमा बिहीवार पानी र हावाहुरीसंग परेका चट्याङले एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । हेटौंडा उपमहानगपालिका १३ पदमपोखरीमा हावाहुरीसंगै चट्याङ पर्दा ११ वर्षीय वालक रोजन लामाको मृत्यु भएको छ । पूरा पढ्नुहोस् »

अनुदानको मलमा कालोबजारी, एक पक्राउ

कमल पन्थी भाद्र २१, २०७५ १४:२०

सरकारले उपलब्ध गराएको अनुदानको मल कालोबजारी गरेको आरोपमा प्रहरीले साझा सहकारी संस्था लिमिटेड बढैयातालका सदस्य लक्षीराम रैदासलाई पक्राउ गरेको छ । संस्थाका अध्यक्ष हिमालय त्रिपाठीलाई पक्राउ गर्न निर्देशन दिएपनि सम्पर्कमा नभएको प्रहरीले जनाएको छ । पूरा पढ्नुहोस् »

सडक भास्सिएपछि कोदारी राजमार्ग अवरुद्ध

अनिश तिवारी भाद्र २१, २०७५ १३:५६

कोदारी राजमार्ग अन्र्तगत सिन्धुपाल्चोकको डाक्लाङ खण्डमा माथिबाट आएको खोल्साले सडक खोलाले बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् । गएको सोमबार/बुधवार रातिको अविरल वर्षाको कारण विभिन्न स्थानमा सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । हप्तादिन अघि आएको अविरल वर्षाका कारण बढेको खोलाले सडकमा राखिएको स्लाप ढुंगा भत्किएर खसेको थियो । पूरा पढ्नुहोस् »

डाइटिसियनको दृष्टिमा व्रत र दर

रश्मि वजिमय श्रेष्ठ, डाइटिसियन भाद्र २१, २०७५ १३:३०

पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ १३:१६

अंश, अंशवण्डा, सम्बन्ध विच्छेद, माना चामल, घरेलु हिंसा, नाता कायम, विवाह बदर, अपुताली, दाइजो फिर्ता, छोरा/छोरी दिलाई पाउा, वहु विवाह जस्ता पारिवारिक मुद्दाको सङ्ख्या बढ्दै गएको छ । मोरङ जिल्ला अदालतमा गत आर्थिक वर्ष छ हजार तीन सय ७९ मुद्दा दर्ता भए । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ १३:०१

गणतन्त्र दिवसको अवसरमा गत जेठमा घोषणा गरिएका पदक यसपाली तीन सय ४४ जनाले पाए । तीमध्ये सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख रहँदा बलात्कार अारोपीलाइ बचाउन भूमिका खेलेको अारोपमा निलम्बनमा परेका डीएसपी पनि एक छन् । पूरा पढ्नुहोस् »

रेडियो कान्तिपुर संवाददाता भाद्र २१, २०७५ १२:५०

नेपाल र चिनबीच व्यापारिक तथा पारबहन सम्झौतालाई अन्तिमरुप दिन दुई पक्ष बैठक सुरु, व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने सरकारको दाबी.,,,, पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ १२:४१

पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २०, २०७५ २२:५७

आजको मुख्य समाचार :* असोज ३ गतेभित्र मौलिक हक कार्यान्वयनसम्वन्धि कानुन ल्याउनै पर्ने स‌ंबैधानिक बाध्यतामा विकल्पको खोजी / संसद अधिबेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी । * सरकारको काम प्रभावकारी नभएपछि मन्त्रीमण्डल हेरफेरबारे छलफल शुरु / मन्त्री चयन र पार्टी संचालन शैलीप्रति सत्तारुढ दलमै असन्तुष्टि ।* अख्तियार प्रमुखमा नबिन घिमिरे सिफारिस / अख्तियारको खस्किँदो साख जोगाउने चुनौति ।* सरकार लगानी सम्मेलनको तयारीमा / आएका लगानीकर्ता भने प्रकृयागत झन्झटले फर्किने अवस्थामा । * १३ औं दक्षिण एशियाली खेलकुद निर्धारित समयमा आयोजना हुने सम्भावना न्यून / नीतिगत बहानाबाजी सुरु । पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सुरज राजथला भाद्र २०, २०७५ २२:४८

नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुन: इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पूरा पढ्नुहोस् »

६ महिनामा देखिने गरी काम : पूर्वप्रधानमन्त्री दाहाल

नगेन्द्र अधिकारी भाद्र २०, २०७५ २०:२७

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको ६ महिनामा सरकारले अनुभूत हुने गरी काम गर्ने दावी गर्नुभएको छ । हेटौंडाको रजैयास्थित अग्नीहोत्राश्रमको सातौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ५ वर्षमा मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट व्यक्त गर्नुभयो । पूरा पढ्नुहोस् »

पाकिस्तानसँगको सम्बन्ध नयाँ शिराबाट शुरु गर्न अमेरिका सकारात्मक

भाद्र २०, २०७५ १९:३०

पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएसँगै सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन अमेरिका सकारात्मक देखिएको छ । नयाँ प्रधानमन्त्रीमा हालै चयन भएका इमरान खानसँग बिशेष छलफलका लागि अमेरिकी विदेशमन्त्री माईक पोम्प्यो पाकिस्तान पुग्नुभएको छ । पूरा पढ्नुहोस् »

भेनेजुएलीमाथि छिमेकी राष्ट्रले लगाएको अनिवार्य पासपोर्टको व्यवस्था खुकुलो

भाद्र २०, २०७५ १९:२६

चरम आर्थिक र राजनीतिक संकट खेपिरहेका भेनेजुएलाका नागरिकमाथि छिमेकी राष्ट्रहरुले लगाएको अनिवार्य पासपोर्टको व्यवस्था केही खुकुलो पारिएको छ । ११ वटा लेटिन अमेरिकी मुलुकले भेनेजुएलाबाट आफ्नो मुलुक प्रवेश गर्न चाहनेलाई भ्रमणका लागि आवश्यक कागजातको मिति सकिएपनि प्रवेश अनुमति दिने सहमति गरेका छन् । पूरा पढ्नुहोस् »

बजार अनुगमनले व्यवसायी भन्दा बढी नेताहरु तरंगित : मन्त्री यादव

सुरज राजथला भाद्र २०, २०७५ १९:०७

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारलाई व्यवस्थित बनाउने नयाँ कार्ययोजना निर्माणको तयारी थालेको छ । बजार व्यवस्थापन सम्बन्धमा गठित कार्यदलले बुझाएको सुझावलाई समेटेर कार्यायोजना निर्माण गर्ने मन्त्रालयको तयारी छ । पूरा पढ्नुहोस् »

 नेप्से २३ अंकले बढ्यो, ७१ करोडको कारोबार

रेडियो कान्तिपुर भाद्र २०, २०७५ १८:३४

बजार परिसूचक नेप्से आज २३ अंकले बढेको छ । नेप्से आज २३ दशमलव ८९ अंकले बढेर एक हजार २ सय ३४ दशमलव १३ अंकमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्से उकालो लागेसँगै कारोबार रकम पनि हिजोको भन्दा १९ करोड रुपैयाँले वृद्धि भएको छ । पूरा पढ्नुहोस् »

प्राइम सहकारीका तीन जना पूर्पक्षका लागि थुनामा

देवनारायण साह भाद्र २०, २०७५ १८:३३

जिल्ला अदालत मोरङले ठगी मुद्दामा विराटनगर–९ बाटारोडस्थित प्राइम बचत तथा ऋण सहकारी लिमिटेडका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश दिपक खनालको एकल इजसालले विराटनगर ३ घर भई सहकारीका उपाध्यक्ष ४० वर्षीय विष्णुप्रसाद सुवेदी, कार्यकारी प्रमुख ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ र सचिव तथा प्रबन्धक ३४ वर्षीय ईश्वर श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो । पूरा पढ्नुहोस् »

अख्तियारको प्रमुख आयुक्तमा नवीन कुमार घिमिरे सिफारिस

भाद्र २०, २०७५ १५:४०

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन कुमार घिमिरेलाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले ६ महिनादेखि रिक्त प्रमुख आयुक्तमा पूर्वसचिव समेत रहेका घिमिरेको नाम सिफारिस गरेको हो । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २०, २०७५ १२:१५

प्राविधिक तथा व्यवसायिक शिक्षामा विपन्न वर्गका विद्यार्थीको पहुँच बढाउन सरकारले अघिल्लो महिना ९७ वटा सामुदायिक विद्यालयलार्इ प्राविधिक शिक्षाको कार्यक्रम सञ्चालन गर्न स्विकृति दियो । एक स्थानीय तह एक प्राविधिक शिक्षालय बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको नारालाई मूर्तरुप दिन भन्दै सीटीइभिटीले इन्जिनियरिङतर्फ ५३ र कृर्षितर्फ ४४ वटा सामुदायिक विद्यालयलार्इ डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्न स्विकृति दिएको हो । पूरा पढ्नुहोस् »

पौने ५ घण्टा लामो खेलमा नाडाल विजयी

भाद्र २०, २०७५ १२:१०

शीर्ष बरियताका स्पेनी राफायल नाडाल र तेस्रो बरियताका अर्जेन्टिनी हुँवा मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको सेमीफाइनलमा प्रवेश गरेका छन् । क्बाटरफाइनलको संर्घषपूर्ण भिडन्तमा नवौं बरियताका अष्ट्रियन डोमेनिक थिमलाई ३–२ को सेटले हराउदै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २०, २०७५ १२:००

भर्खरै लागु भएको संहिताका कतिपय व्यवस्था विरोध भइरहेको छ । चिकित्सकहरुसँग भएको सम्झौता पनि विरोधकै उपज हो । तर पनि गल्ति सच्चाउने नाममा न्यायिक प्रणालीलाइ नै प्रभावित पार्ने प्रयासमा सरकार सहमत हुँदा कानुन कार्यान्वयनमा थप समस्या आउनेछन् । पूरा पढ्नुहोस् »

epaper logo
Smart 4G Ad
7