नेपाल कै शक्तिशाली महिलाका रूपमा चिनिन्छन्— तारादेवी पुन । यिनै तारादेवीले एसियाली खेलकुदमा भारोत्तोलनतर्फ तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले ७५ किलो तौल समूहमा उक्त उपलब्धि हात पारेकी हुन् । पछिल्लो सागकी कांस्य पदक विजेता तारावेदीले स्न्याचमा ७४ तथा क्लिन एन्ड जर्कमा १ सय १ सहित कुल १ सय ७५ किलो तौल उचालेर कीर्तिमान स्थापित गरेकी हुन् । पूरा पढ्नुहोस् »
जकार्ता एसियाडमा प्याराग्लाइडिङतर्फ एक रजत पूरा पढ्नुहोस् »
इण्डोनेशियामा जारी १८ औं एसियाली खेलकुदमा नेपालको पदक खडेरी अन्त्य भएको छ । जकार्ता एशियाडको १२ औ दिन नेपालले प्याराग्लाइडिङको पुरुषतर्फ क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको छ । पहिलो सहभागितामा नै नेपालले ११ हजार ३ सय ६४ स्कोर बनाउँदै रजत पदक जितेको हो । पूरा पढ्नुहोस् »
दुई साता चल्ने १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो हुने हो, त्यसलाई लिएर विभिन्न अनुमान चलिरहेको छ । साँच्चै नेपालका लागि पदक जित्ने सम्भावना बोकेका खेलाडी को–को हुन् त ? अथवा नेपालका लागि राम्रो प्रदर्शन गर्ने खेलाडी को–को हुन सक्छन ? एउटा तथ्य के निश्चित छ भने नेपाली खेलाडीले यसपटक पदक जित्ने हो भने निकै कडा मेहनत गर्नुपर्नेछ । पूरा पढ्नुहोस् »
मुगुका किशोरीहरूले स्पेनमा प्रसिद्ध म्याड्रिड सिएफएफको यु—१९ टोलीसहित अन्य दुई वटा टिमसँग पनि फुटबल खेले । खेल नजिते पनि उनीहरूले धेरैको मन जितेका थिए । उनीहरूले त्यहाँको खुल्ला समाज देखे, आधुनिक जीवनशैलीलाई नजिकबाट नियाले । विकट मुगुका किशोरीहरूले पहिलो विश्वलाई आफ्नै आँखाले देख्ने अनुभव सँगाले । पूरा पढ्नुहोस् »
यो सबै घटनाक्रमका पछाडि साउदी अरेबिया र कतारबीचको विवादले पनि उत्तिकै ठूलो भूमिका खेलेको छ । केही महिनाअघि मात्र साउदी नेतृत्वमा केही देशले कतारमाथि नाकावन्दी नै लगाएका थिए । चार वर्षपछि कतारले विश्वकपको आयोजना गर्दैछ र कतारले प्राप्त गरेको यो सफलतामा साउदी अरेबिया खुसी हुन सकेको छैन । पूरा पढ्नुहोस् »
पहिले २०१८ को एसियाली खेलकुद भियतनामले गर्ने तय जस्तै थियो, तर उसले समयमै आफ्नो तयारी गर्न त सकेन नै, त्यसमाथि उसले पूरा प्रतियोगिताको खर्च उठाउन पनि असमर्थता देखायो । यस्तोमा एसियाली खेलकुदको एक अगुवा इन्डोनेसियाले प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लियो । फिलिपिन्स र भारतले समेत आयोजनामा रूचि देखाएपनि इन्डोनेसियाको दावेदारी बलियो रह्यो । पूरा पढ्नुहोस् »
पदकका आधारमा भने एसियाली खेलकुदमा नेपालको प्रदर्शन उल्लेखनीय छैन । सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुददेखि नेपालले लगातार पदक जितेको छ र यो क्रम अहिलेसम्म भंग भएको छैन, तर नेपालले जितेका अधिकांश पदक कांस्य छन् । नेपालले अहिलेसम्म १ रजत तथा २२ वटा कांस्य पदक जितेको छ । पूरा पढ्नुहोस् »
आईसीसीको नियमअनुसार कुनै टिमलाई एकदिवसीय टिमको पनि मान्यता छ भने उसलाई ट्वान्टी–२० टिमको समेत मान्यता हुनेछ । नेपालले चार वर्ष वान डे क्रिकेटको मान्यता पाएको आधारमा त्यस अवधिमा नेपालले ट्वान्टी–२० मान्यता पाएको अर्को टिमविरुद्ध खेल खेले, त्यसले पनि औपचारिक मान्यता पाउने छ । ट्वान्टी–२० टिमको मात्र मान्यता पाएको टिमले भने एकदिवसीय टिमको मान्यता पाउनेछैन । पूरा पढ्नुहोस् »
विभिन्न सञ्चारमाध्यमहरू अहिले विश्वकपका टप हट फ्यानको चर्चा गरिरहेका छन् । उनीहरूमध्ये धेरैले यसको सूची नै बनाउन थालेका छन् । यसमा मेक्सिकोको एक टिभी च्यानलकी वेदरगर्ल यानेट ग्रासियाका साथै अरू धेरै जना अटाएका छन् । यानेटले आफ्नो फुटबल टिम विजयी बन्ने विश्वासमा पछाडिबाट लात खाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । पूरा पढ्नुहोस् »
सन् २०१८ का लागि फिफा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको समयमा रूसका बारेमा विभिन्न नकारात्मक धारणाहरू थिए । त्यतिबेला रूसका सम्बन्धमा सकारात्मक भन्दा आलोचनाका स्वर धेरै सुनिन्थे । रूसमा आलोचक, पत्रकार वा राजनीतिक प्रतिद्वन्दीहरूलाई जेलमा राखिन्छ वा बेपत्ता पारिन्छ भन्ने आम धारणा समेत थियो । पूरा पढ्नुहोस् »
ओलम्पिकको जस्तो विश्वकप फुटबलको समापन समारोह हुँदैन । फाइनल खेल सुरु हुनुभन्दा एक घन्टाअघि समापन समारोह सुरु हुनेछ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन तथा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । पुटिनले आफू विश्वकपका अन्तिम दिनको कार्यक्रममा उपस्थिति हुने औपचारिक जानकारी दिइसकेका छन् । पूरा पढ्नुहोस् »
फुटबलले खुसीसँगै धेरै सकारात्मक सोच दिन्छ, यसको उदाहरण हो–फ्रान्स । फ्रान्स फेरि एकपटक विश्वकपको फाइनलमा पुगेको छ र उपाधिका लागि प्रबल दावेदार बनेको छ । डिडिएर डेसक्याम्पको फ्रान्स दुई वर्षअघि युरोपेली च्याम्पियनसिपको पनि फाइनलमा पुगेको थियो । दुई वर्षभित्र दुई ठूला प्रतियोगिताको फाइनल खेलेर फ्रान्सले प्रमाणित गरेको छ, उसको फुटबल अब्बल दर्जाको छ । पूरा पढ्नुहोस् »
२१औँ संस्करणको विश्वकप अन्डरडगको या महारथीकै ? पूरा पढ्नुहोस् »
आधुनिक फुटबलको जन्मदाता इङल्याण्ड विश्वकप फुटबल दोस्रोपटक उचाल्ने संघारमा छ । तर, त्यसका लागि सेमिफाइनलमा कठिन प्रतिद्वन्द्वी क्रोएशियालाई पन्छाउनुको विकल्प ऊसँग छैन । पूरा पढ्नुहोस् »
सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी मेक्सिकोका एन्टोनियो कार्बाजल, जर्मनीका लोथार म्याथुएस तथा इटालीका गोलकिपर जियानलुगी बुफोन हुन् । उनीहरूले लगातार ५ वटा विश्वकप खेलेका थिए । पूरा पढ्नुहोस् »
नामी टिम विश्वकपबाट बाहिरिनुका कारण पूरा पढ्नुहोस् »
प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो खेल्न सफल क्रोएसियाले डेनमार्कलाई हराउन भने संघर्ष गर्नुपर्यो । टाइब्रेकरमा पुगेको उक्त खेलमा अन्तत: क्रोएसिया ३–२ ले विजयी भयो । दुई युरोपेली देशको भिडन्तमा स्वीडेनले स्वीजरल्यान्डलाई १–० ले हरायो । कोलम्बियामाथि इंग्ल्यान्डको जितपनि टाइब्रेकरमै सम्भव भयो । त्यसमा युवा खेलाडीले भरिएको इंग्ल्यान्ड ४–३ ले विजयी रह्यो । पूरा पढ्नुहोस् »
सुन्दर खेलको हिमायती ब्राजिल बेल्जियमको स्वर्णीय पुस्तासँग कजान एरिनामा मध्यरात पौने १२ बजे भेट्दा छैठौ पटक विश्वकप उचाल्ने सपनालाई नयाँ आकार दिने योजनामा हुनेछ । पूरा पढ्नुहोस् »
शुक्रबार राति पौने ८ बजे हुने उरुग्वे र फ्रान्सबीचको विश्वकप क्वार्टरफाइनललाई सशक्त रक्षापंक्ति र चुस्त आक्रमणबीचको लडाईंका रुपमा लिन सकिन्छ । पूरा पढ्नुहोस् »
हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसनले राष्ट्रिय धान दिवसका अवसरमा हिलोमा रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको छ । असार १५ गते धान दिवसका अवसरमा लुभु, लामाटारमा सञ्चालित मनोरञ्जक रेस्लिङ प्रतियोगितामा नेपालका राष्ट्रिय रेस्लर खेलाडीहरूले सहभागिता जनाएका थिए । पूरा पढ्नुहोस् »
जापान र बेल्जियमबीचको भेट अपेक्षित थिएन । समूहगत चरणमा इङल्याण्डले बेल्जियमलाई नतिजा सुम्पिनु र जापानले पोल्याण्डविरुद्धको खेल गुमाएपनि कम पहेंलो कार्ड खाएर प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । पूरा पढ्नुहोस् »
आखिर विश्वकपमा किन राम्रो हुँदैन त अफ्रिकी मुलुक र एसियाली मुलुकको प्रदर्शन ? पूरा पढ्नुहोस् »
रुस विश्वकपमा अहिलेसम्म ११ यस्ता भिडन्त भइसकेका छन्, जहाँ प्रतिद्वन्द्वीहरु एकदमै नौला थिए । तर, ब्राजिल र मेक्सिको एकअर्काका लागि नौला हैन निकै पुराना प्रतिद्वन्द्वी हुन् । पूरा पढ्नुहोस् »
रूसले सुरुवाती दुई खेलमा साउदी अरेबियालाई ५–० तथा इजिप्टलाई ३–१ ले हराएको थियो । यसपल्टको विश्वकपको उद्घाटन खेलमै रूस सान्दार सुरुवात लिन सफल भयो । रूस इजिप्टमाथि पनि हाबी भयो । प्रतियोगिता सुरु हुनुअघि इजिप्टमाथि धेरैको विश्वास थियो, अफ्रिकाको यो टिमले राम्रो गर्नेछ । यसको कारण टिमका स्टार खेलाडी मोहम्मद सलाह थिए । पूरा पढ्नुहोस् »
विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा १३ प्रतिशत तथा ट्याब्लेटमा ८ प्रतिशतले विश्वकप हेर्छन् । पूरा पढ्नुहोस् »


























































Login to create reading list
Sign in with Facebook
Sign in with Google +