कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ २३:०२

आजको मुख्य समाचार : * प्रदेशका अधिकारमा संविधान विपरीत हस्तक्षेप गरेको भन्दै संघीय सरकारप्रति सातै प्रदेशका मुख्यमन्त्री असन्तुष्ट / प्रशासन, प्रहरी र सम्पत्ति हस्तान्तरण नगरेको गुनासो । * बिमस्टेकमा सैन्य सहभागिता विवादित भइरहँदा राष्ट्रिय सुरक्षा परिषद् भने निष्क्रिय / सुरक्षा नीति बनाउने परिषद् कर्मचारी थन्क्याउने थलो । * अदालतको फैसला कार्यान्वयन नगर्ने प्रवृत्ति भयावह / निर्देशनालय निष्प्रभावी हुँदा जरिवाना र कैदको बक्यौता थुप्रिँदै । * भारतमा समलिंगी सम्बन्धले पायो कानुनी मान्यता / समलैंगिक यौन सम्बन्धलाई अपराध मानिने संविधानको धारा सर्वोच्च अदालतद्वारा खारेज । * साफ च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो जीत / भुटान चार-शून्य गोलले पराजित / सेमिफाइनल पुग्ने नेपालको सम्भावना कायमै । पूरा पढ्नुहोस् »

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ २२:३७

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो । पूरा पढ्नुहोस् »

अब्दुल्लाह मियाँ भाद्र २१, २०७५ २१:४२

सरकारले उपराष्ट्रपति कार्यालयलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र भएको स्थानमा सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सारेर त्यहाँ उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए । पूरा पढ्नुहोस् »

लालप्रसाद शर्मा भाद्र २१, २०७५ २१:१७

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ । पूरा पढ्नुहोस् »

कञ्चन अधिकारी भाद्र २१, २०७५ २१:०६

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि जित हात परेको हो। अधिकांश समय भुटानलाई दबाबमा राखेको नेपालले अहिलेसम्म भुटानसँग हार व्यहोर्न परेको छैन । पूरा पढ्नुहोस् »

दीपेन्द्र विष्ट भाद्र २१, २०७५ २१:०५

बालाजुका ६५ वर्षीय सिद्धि मानान्धरलाई कुनै वेला बालाजु पार्क मनोरन्जन गर्ने थलो थियो । विगत २० वर्षदेखि बालाजु पार्कमा मर्निङवाक गर्दै आएका उनलाई पार्कको अवस्था हेर्दा निकै दिक्क लागेर आउँछ । उचित संरक्षणका अभावमा पार्कको अवस्था लथालिंग भएको उनले बताए ।  पूरा पढ्नुहोस् »